ललितपुर, बैशाख १२ । प्रेस चौतारी नेपाल केन्द्रीय समितिको बैठक सुरु भएको छ ।
संगठनका अध्यक्ष गणेश पाण्डेको अध्यक्षता तथा नेकपा एमालेका महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्यतामा राष्ट्रिय प्रकृति संरक्षण कोषको सभा कक्ष ललितपुरमा बैठक सुरु भएको हो ।
बैठकको सुरुमा सञ्चारीका समूह तथा फोनिजमा निर्वाचित पत्रकालाई बधाई तथा शुभकामना दिइएको छ । बैठकमा नयाँ निर्वाचित केन्द्रीय समितिका कार्ययोजना माथि छलफल गरी त्यस सम्बन्धी निर्णय हुने बताइएको छ ।
बैठकमा नेकपा एमाले जसनंगठन समन्वय प्रमुख भानुभक्त ढकाल, प्रेस चौतारी नेपालका इञ्चार्ज राजेन्द्र गौतम, निवर्तमान अध्यक्ष गणेश बस्नेत, पूर्वअध्यक्ष राजेन्द्र अर्याल, वरिष्ठ नेता विश्वमणि सुवेदी लगायतको सहभागिता छ ।
बैठकमा केन्द्रीय समितिका सदस्यलाई प्रशिक्षण समेत रहेको छ ।
प्रतिक्रिया दिनुहोस्