जनता टाइम्स

१५ कार्तिक २०७६, शुक्रबार ११:२५

साखु दुर्घटनाका दुई मृतकको सनाखत


काठमाडौं, कात्तिक १५

लप्सेफेदीमा बिहीबार भएको यात्रुबहाक बस दुर्घटनामा मृत्यु भएका मध्ये दुई जनाको सनाखत भएको छ । प्रहरीका अनुसार मृतकमध्ये दुई महिलाको पहिचान खुलेको हो ।

सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–८ की मिठु विक र मेलम्ची– १२ की कान्छीमाया तामाङको सनाखत भएको प्रहरीले जानकारी दिएको छ । १ जना पुरुषको भने अझै परिचय खुल्न सकेको छैन । दुर्घटनामा घाइते भएका ६५ जनामध्ये ३० जना उपचारपछि घर फर्किएका छन् भने बाँकीको काठमाडौका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । बिहीबार सिन्धुपाल्चोकबाट काठमाण्डौका लागि छुटेको बा ५ ख ५०७० नम्बरको बस काठमाण्डौको लप्सेफेदीमा दुर्घटना भएको थियो ।