जनता टाइम्स

२० बैशाख २०८२, शनिबार ०६:४२

आज ६ प्रदेशमा हल्का वर्षाको सम्भावना


काठमाडौं, २० वैशाख । हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागका थोरै स्थान तथा बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशका हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ । राती भने कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ ।

साथै कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागका एक दुई स्थानमा स्थानमा हल्का वर्षा हिमपातको सम्भावना छ।

हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभावका साथै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावा आंशिक प्रभाव रहेको छ ।