काठमाडौं, बैशाख २२ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बदमास पो बन्यो भन्दै पदबाट बर्खास्त गर्न सिफारिश गर्नुभएका पूर्व उर्जाराज्यमन्त्री कान्छाराम तामाङ माओवादी अध्यक्ष प्रचण्ड सरकारबिरुद्ध खनिदा ताली बजाउँदै उत्साहित बन्नुभएको छ ।
प्रतिनिधिसभाको सोमवारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको आलोचना गर्दा बर्खास्तीमा परेका कान्छारामले समर्थन गर्नुभएको हो । दाहालले कुलमान घिसिङलाई समर्थन गरेको झोकमा आफ्नै मन्त्रीलाई पनि निष्काशन गरेको भन्दै सरकारको आलोचना गर्नुभएको थियो ।
‘एउटा अड्डाको प्रमुख परिवर्तन गर्नमात्रै महिनौँसम्म दर्जन बढी निर्णय गर्नुभयो । एउटा इगो पूरा गर्न लोकलाई नै लज्जित पार्ने गरी कुलमान घिसिङलाई हटाएरै छाड्नु भयो’, दाहालले भन्नुभयो । कुलमानलाई प्रचण्डकै पालामा नेपाल बिद्युत प्राधिकरणको नियम मिचेर चोरबाटोबाटा कार्यकारी निर्देशक बनाउनु भएको थियो । माओवादी निकट भएको कारण दाहलाले कुलमानको पक्षपोषण गर्दै आउनु भएको छ ।
पूर्वप्रधानमन्त्री प्रचण्डले कुलमानको समर्थनमा र सरकारको विरोधमा आफ्नो अभिव्यक्ति दिइरहँदा राज्यमन्त्रीबाट बर्खास्तीमा परेको कान्छाराम जितेको अनुभुति गर्दै खुसी बन्नुभएको हो । कान्छारामलाई कांग्रेस सभापतिको सिफारिशमा उर्जा राज्यमन्त्रीबाट बर्खास्त गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्