जनता टाइम्स

१६ कार्तिक २०७६, शनिबार १६:५५

मुख्यमन्त्री नै ब्यवस्थापन समितिको अध्यक्ष बनेपछि…


मकवानपुर, कात्तिक १६ । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल हेटौंडा–११ नवलपुरस्थित शहीद स्मारक व्यवस्थापन समितिको अध्यक्षमा पुनः चयन हुनुभएको छ । आज बसेको समितिको १३ औं परिषद् बैठकबाट मुख्यमन्त्री पौडेल पुनः अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको हो ।

शहीद स्मारक व्यवस्थापन समिति २०५१ सालमा निर्माण भएको हो । यो स्मारकको पौडेल स्थापना कालदेखि अध्यक्ष रहँदै आउनुभएको छ । बैठकले मुख्यमन्त्रीको नेतृत्वमा २७ सदस्यीय कार्यसमिति चयन गरेपनि पद बाँडफाँड भने गरिएको छैन। समितिको कार्तिक १८ गते सोमबार बस्ने बैठकले पदाधिकारी छनौट गर्ने कार्यालय प्रमुख रामचन्द्र न्यौपानेले जानकारी दिनुभयो। मुख्यमन्त्री पौडेलको यो निर्णयलाई प्रदेश ३ का सवै मतदाताले अनौठो रुपमा लिएका छन । समग्र प्रदेशको नेतृत्व गर्ने मुख्यमन्त्री एउटा पार्क ब्यवस्थापन समितिमा बसेर पदीय मर्यादाअनुरुप काम नगरेको उनीहरुको टिप्पणी छ ।

२० हेक्टर क्षेत्रफलमा फैलिएको स्मारकमा वार्षिक करिब ४ लाख जनाले अवलोकन गर्ने गरेका छन्। स्मारकमा ३१ जना कर्मचारी कार्यरत छन्।