काठमाडौं, २४ वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लडेर घाइते भएपछि अस्पताल भर्ना हुनुभएको छ। अहिले उहाँको अवस्था सामान्य छ ।
घरमै लडेर घाइते हुनुभएका दाहाललाई गएराति करिब १२ बजेतिर मेडिसिटी अस्पताल पुर्याइएको थियो । आकस्मिक कक्षमा उपचारका क्रममा दाहालले बताए अनुसार उनी बाथरुम जाँदाखेरि अल्झिएर लड्नुभएको थियो । उहाँ टाउकोमा चोट लागेको छ। अस्पताल श्रोतका अनुसार उहाँको टाउकोमा तीन टाका लगाइएको छ। उहाँको सिटीस्क्यान रिपोर्ट सामान्य छ ।
अहिले वार्डमा राखेर उपचार भइरहेको छ। अब उहाँको अवस्था सामान्य छ । उहाँले बिहानै घर जान्छु भन्नुभएको हो, तर दिउँसोसम्म डिस्चार्ज हुनुहोला, स्रोतले भन्यो। गएराति बाथरुममा चिप्लिएर दाहालको निधारमा सामान्य बाहिरी चोट लागेकोले अस्पताल भर्ना गरिएको छोरी गंगा दाहालले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्