जनता टाइम्स

१७ कार्तिक २०७६, आईतवार ०८:४७

बिवाहपछि माइत आएकी छोरी आफ्नै बाबुबाट बलात्कृत


बारा, कातिक १७ । बारामा बुबाले आफ्नै छोरीलाई पटक पटक बलात्कार गरेका घटना सार्वजनिक भएको छ । जिल्ला प्रहरी कार्यालय बाराले कोल्हवी नगरपालिका निवासी एक बाबुले पटकपटक आफ्नै छोरीलाई बलात्कार गरेको अभियोगमा बुवालाई पक्राउ गरेपछि घटना सार्वजनिक भएको हो ।

आफनै २२ वर्षीय छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा अन्दाजी ४० वर्षीय बुवालाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक रंजितसिंह राठौरले जानकारी दिनुभयो । ईलाका प्रहरी कार्यालय कोल्हवीको प्रहरीको टोलीले पीडित युवतीको उजुरीको आधारमा बाबुलाई पक्राउ गरिएको प्रवक्ता राठौरले बताउनुभयो । पीडित युवतीको अनुसार बुवाले पहिलादेखि नै पटकपटक जबरजस्ती करणी गर्दै आएका थिए ।

पीडितकी बुवालाई प्रहरीको नियन्त्रणमा राखेर अनुसन्धान गर्नको लागि जिल्ला अदालत बाराबाट म्याद थप गराई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बिवाहपछि घरमा झगडा भई माइतीको शरणमा आएकी ती युवतीलाई बाबुले डर त्रास देखाएर बलात्कार गर्दै आएको प्रहरीको भनाई छ । बारामै अर्की ४ वर्षीया बालिकामाथि पनि बलात्कारको प्रयास भएको प्रहरीले जनाएको छ । बाराको आदर्श कोतवाल गाँउपालिका वडा नंं४ इनर्वामालका–४ वर्षीया बालिकामाथि जबरजस्ती करणी प्रयास भएको हो ।

आदर्श कोतवाल गाउपालिका–४ का ४५ वर्षका शेख ईसराईलले स्थानीय ४ वर्षीया बालिकालाई करणीको प्रयास गरेको प्रहरीले जनाएको छ । शेख ईशराईल घर बनाउने मिस्त्री हुन् । बुधबार आफ्नै गाउँ ईनर्वामालमा एक व्यक्तिको घर निर्माण गरिरहेको स्थानमा खेल्दै गरेको अवस्थामा ईशराईलले बालिकालाई करणीको प्रयास गरेर छोडेको थियो ।

पीडित बालिकालाई जिल्ला अस्पताल कलैयामा सोही दिन साँझ स्वास्थ परीक्षण समेत भइ सकेको तथा यस घटनाबारे थप अनुसन्धान भईरहेको र फरार ईहराईलको खाजी कार्य जारी रहेको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रंजितसिंह राठौरले जानकारी दिनुभयो ।