जनता टाइम्स

१७ कार्तिक २०७६, आईतवार ११:१२

रुखबाट लडेर ४२ वर्षीय खत्रीको मृत्यु


जाजरकोट, कात्तिक १७

नलगाड नगररपालिका–७ दल्लीका ४२ वर्षीय खम्ब खत्रीको रुखबाट लडेर मृत्यु भएको छ । शनिबार दल्ली प्रहरी चौकी अगाडि रुखमा घाँस काट्दै गर्दा लडेर गम्भीर घाइते भएका खत्रीको उपचारका लागि जाजरकोट सदरमुकाम ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

दल्लीस्थित स्वास्थ्य संस्थामा उपचार हुन नसकेपछि उनलाई थप उपचारका लागि सदरमुकाम ल्याइएको थियो । शनिबारराति नै उनको उपचार हुन नपाउँदै मृत्यु भएको हो ।