काठमाडौं । मोरङमा करेन्ट लागेर दुई महिलाको ज्यान गएको छ ।
विवाह महोत्सवमा करेन्ट लाग्दा उनीहरूको ज्यन गएको हो । गए राति रतुवामाई नगरपालिका–३ मिर्चा डाँगी टोलमा विवाह घरमा नाचगान गरिरहेकी ७० वर्षीया रामुदेवी गनगाईं र ७३ वर्षीया सूर्यदेवी गनगाईंको करेन्ट लागेर ज्यान गएको प्रहरीले जनाएको छ ।
स्थानीय मंगललाल सिंहका छोरा नीरजकुमारको विवाहमा नाचगान गरिरहेका बेला उनीहरूलाई करेन्ट लागेको हो । करेन्ट लागेर ३० वर्षीया राधाकुमारी सिंह सामान्य घाइते हुनुभएको छ ।
बिहे घरमा माइक राख्नका लागि हाइटेन्स लाइन नजिकै हरियो बाँस गाडिएको थियो । राति ८ बजे तिर आएको हावाहुरीले बाँस ढलेर हाइटेन्सन लाइनमा छुँदा सो घटना भएको हो ।
प्रतिक्रिया दिनुहोस्