जनता टाइम्स

१७ कार्तिक २०७६, आईतवार १३:४८

महराको थुनछेक बहश चलिरहँदा रोशनी शाही नै पुगिन अदालत


काठमाडौं, कात्तिक १७

आफ्नै कार्यालयमा कार्यरत महिला कर्मचारीमाथि जवरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरा प्रकरणमा थुनछेक बहस चलिरहेको समयमा आरोप लगाउने रोशनी शाही अदालत पुगेकी छन् । नेपाल सरकार पक्षबाट सरकारी वकिलले बहस गरेसँगै रोशनी शाही अदालत प्रवेश गरेकी हुन् ।

महराका तर्फबाट पाँचजना वरिष्ठ अधिवक्ताले बहस गर्दैछन् । बहस लम्बिएमा थप हिरासतमा बस्नु पर्ने भन्दै महराका तर्फबाट सूचीमा रहेका झण्डै एक दर्जन कानुन व्यवसायीमध्ये पाँचजना वरिष्ठ अधिवक्ताले मात्र बहस थालेका हुन् ।इजलासले पुर्पक्षमा राख्ने निर्णय लिए कैद भुक्तान गर्नुपर्दछ भने धरौटी वा साधारण तारेखमा छोडे महरा रिहा हुनेछन् ।

महरामाथि संसद् सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि यौन दुर्व्यवहार गरेको अभियोग लागेको छ । शाहीले अदालतमा आफूलाई महराले दुर्व्यवहार नगरेको भन्दै यसअघि नै निवेदन दिएकी छन् ।