जनता टाइम्स

२ जेष्ठ २०८२, शुक्रबार १२:३६

चितवनमा छोरी र भतिजको हत्या गरी आफूले पनि आत्महत्याको प्रयास 


काठमाडौं २ जेठ । चितवनमा एक पूर्व सैनिकले शुक्रबार धारिलो हतियार प्रहार गरी दुई बालबालिकाको हत्या गरी आफूले समेत आत्महत्याको प्रयास गरेका छन् ।

भरतपुर महानगरपालिका–२५ किसान चोक घर भएका ४२ वर्षीय लीलाराज गिरीले धारिलो हतियार प्रहार गरी आफ्नै छोरी र भतिजको हत्या गरेका हुन् । दुई जनालाई आक्रमण गरेपछि उनले आत्महत्याको असफल प्रयास गरेका थिए ।

प्रहरीका अनुसार गिरीले आफ्नै छोरी ७ वर्षीया प्रभा गिरी र दाजु दया गिरीका छोरा ५ वर्षीय सजन गिरीलाई खुर्पा प्रहार गरी हत्या गरेका थिए । त्यस पछि उनले आफूलाई पनि खुर्पा हानेका थिए

घटना लगत्तै तीनै जनालाई उपचारका लागि चितवन मेडिकल कलेज लगिएकोमा दुई बालबालिकाको मृत्यु भएको र गिरीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । गिरी पूर्वसैनिक रहेको र मानसिक सन्तुलन ठिक नभएका अवस्थामा घटना गराएको प्रारम्भिक अनुमान गरिएको छ । घटना आज बिहान ९ :४५ बजेको हो ।