जनता टाइम्स

४ जेष्ठ २०८२, आईतवार ११:०१

गृहजिल्ला लमजुङमा सञ्चारमन्त्री गुरुङ सम्मानित


लमजुङ, जेठ ४ । नेपाल कम्युनिष्ट पार्टी एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ सम्मानित हुनुभएको छ ।

एमाले लमजुङको नवौँ जिल्ला अधिवेशन परिषद्को प्रथम बैठकको समापनका अवसरमा आईतबार उहाँसहित अन्य नेतालाई एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, जिल्ला अध्यक्ष राजकुमार विष्टलगायतले खादा र सम्मानपत्रद्वारा सम्मान गर्नुभएको हो ।

नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङ तत्कालीन सयममा (विसं २०४३) जनपक्षीय उम्मेदवार समेत बन्नुभएको थियो । सोही अवसरमा पार्टीले विसं २०४३, २०४९ र विसं २०५४ मा उम्मेदावर बनेका दुई सय १४ जना पार्टीका नेतालाई सम्मान समेत गरेको थियो ।

विसं २०३४ देखि राजनीतिमा सक्रिय नेता गुरुङ पार्टीभित्र खरो र प्रष्ट बक्ताका रूपमा परिचित हुन्छ । सञ्चारमन्त्री गुरुङसहित पूर्वजनप्रतिनिधिलाई पार्टीको नीतिअनुसार समाजवादान्मुख समृद्ध नेपालको आधार निर्माण गर्ने कार्यमा उल्लेखनीय योगदान पुर्याएको र पार्टी निर्माणमा विगतमा देखाएको क्रियाशीलता, योगदान र समर्पणको उच्च मूल्याङ्कन गर्दै सम्मान गरिएको जिल्ला अध्यक्ष विष्टले बताउनुभयो ।