जनता टाइम्स

६ जेष्ठ २०८२, मंगलवार १६:१५

पालिका अध्यक्षले नै यौन शोषणमा परेकी युवतीको गोपनीयता भङ्ग गरिदिएपछि


बुटवल, जेठ ६। कपिलवस्तुको शुद्धोदन गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । विद्युतीय अपराध सम्बन्धी कसुरमा अध्यक्ष चौधरीलाई मंगलवार प्रहरीले पक्राउ गरेको हो ।

गाउँपालिका अध्यक्ष चौधरी विरुद्ध रुपन्देही जिल्ला अदालतले जेठ १ गते पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पूर्जी जारी भएपछि चौधरी फरार भएकोमा आज आफैं हाजिर भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवम् डीएसपी सुरज कार्कीले बताउनु भयो । चौधरीलाई इलाका प्रहरी कार्यालय बुटवलको हिरासतमा राखिएको छ ।

यौन शोषणमा परेकी एक युवती तथा उनको परिवारको गोपनीयता भङ्ग गरेको आरोप चौधरी लागेको छ । चौधरी लोसपाका नेता हुनुहुन्छ ।