जनता टाइम्स

१८ कार्तिक २०७६, सोमबार १४:४६

लागुऔषधसहित दुई युवक पक्राउ


सुर्खेत, कात्तिक १८

जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागुऔषधसहित आज दुई युवकलाई पक्राउ गरेको छ । प्रहरीले वीरेन्द्रनगर नगरपालिका–६ सुर्खेत चिसापानीका २६ वर्षीय नवीन खड्का र सोही नगरपालिका–११ सुर्खेत पिपिरा चोक बस्ने २४ वर्षीय रमेश थापालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिनुभयो ।

पक्राउ परेका खड्काबाट ८० मिलिग्राम र थापाबाट एक ग्राम लागुऔषध बरामद गरिएको प्रवक्ता रावलले बताउनुभयो । “हामीले शङ्काका आधारमा एक्लै बसेको अवस्थामा खड्कालाई र सडकमा हिँडिरहेको अवस्थामा थापालाई खानतलासी गरेका थियौँ”, उहाँले भन्नुभयो, “दुवैको साथमा लागुऔषध भेट्यौँ ।”