जनता टाइम्स

१८ कार्तिक २०७६, सोमबार १७:१८

सरकारले गर्यो सात ओटै प्रदेशको प्रमुख सिफारिस, कुन प्रदेशमा को भए प्रमुख ? (सूचीसहित)


काठमाडौं, कात्तिक १८ । सरकारले सात वटै प्रदेश प्रमुख नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले सात ओटै प्रदेशका प्रमुखको नाम सिफारिस गरेको हो ।

बैठकले सोमनाथ अधिकारी प्यासीलाई प्रदेश १ को प्रमुखमा सिफारिस गरेको छ । त्यस्तै प्रदेश २ मा तिलक परियार, प्रदेश ३ मा बिष्णु प्रसाई सिफारिश हुनुभएको छ । यस्तै गण्डकी प्रदेशमा अमिक शेरचन, प्रदेश ५ मा धर्मनाथ यादव, कर्णाली प्रदेशमा गोविन्द कलौनी र सुदुरपश्चिम प्रदेशमा शर्मिला त्रिपाठीको नाम सिफारिस भएको हो ।

मन्त्रिपरिषदको निर्णय राष्ट्रपति कार्यालयमा अझै पुगेको छैन । नाम पुगेपछि आजै नियुक्ति हुने शीतलनिवास स्रोतले जनाएको छ ।