जनता टाइम्स

१८ कार्तिक २०७६, सोमबार १७:२६

पदमुक्त हुनु स्वभाविक – पूर्वप्रमुख तुम्बाहाङ


विराटनगर, कात्तिक १९

प्रदेश १ का पुर्व प्रमुख गोविन्दबहादुर तुम्बाहाङले सरकारले पदमुक्त गरेको निर्णय स्वभाविक भएको बताउनु भएको छ । उहाले आफुहरु नियुक्ति हुँदा नै तीन महिना मात्र काम गर्न अवसर मिल्ने आशाका साथ आएको बताउनु भयो ।

सोमबार मुख्यमन्त्री शेरधन राई, प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारी र उपसभामुख सरस्वती पोखरेल लगायतसँगको बिदाई भेटमा उहाले आफ्नो पद तीन महिनाका लागि मात्रै हो भनेर मानसिक रुपमा तयाररहेको पनि स्पष्ट पार्नुभयो ।

‘तीन महिनाकालागि मात्रै भनेर आएको थिएँ,’ उहाले सार्वजनिक रुपमै भन्नुभयो, ‘पहिले नै पदमुक्त हुने अनुमान भएपनि यतिका दिन बसेर काम गर्ने अवसर प्राप्त गरेकोमा सन्तुष्ट नै छु ।’