जनता टाइम्स

१८ कार्तिक २०७६, सोमबार २०:०४

राष्ट्रपति भण्डारीद्वारा प्रदेश प्रमुख नियुक्त : यस्तो छ सातै प्रदेशका प्रमुखको राजनीतिक यात्रा


काठमाडौं, कात्तिक १८ । राष्ट्रपति बिद्यादेवी भण्डारीले सात ओटै प्रदेशको प्रमुख नियुक्त गर्नुभएको छ । मन्त्रिपरिषदको सिफारिशअनुसार राष्ट्रपति भण्डारीले केही वेर अघि सातै प्रदेशका प्रमुख नियुक्त गर्नुभएको हो ।

नेपालको संबिधानमा सरकारको सिफारिशमा राष्ट्रपतिले प्रदेश प्रमुख नियुक्त गर्ने ब्यवस्था रहेको छ । राष्ट्रपति कार्यालयका अनुसार प्रदेश–१ मा सोमनाथ अधिकारी प्यासी, प्रदेश–२ मा तिलक परियार, प्रदेश–३ मा बिष्णु प्रसाई नियुक्त हुनुभएको छ । यसैगरी गण्डकी प्रदेशमा अमिक शेरचन, प्रदेश–५ मा धर्मनाथ यादव, कर्णाली प्रदेशमा गोविन्द कलौनी र सुदुरपश्चिम प्रदेशमा शर्मिलाकुमारी पन्त नियुक्त हुनुभएको छ ।

यसअघि आज दिउसो बसेको मन्त्रिपरिषद बैठकले सरकारले सात वटै प्रदेश प्रमुख नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । मन्त्रिपरिषदले दिउसो नै निर्णय गरेपनि साँझ पौने ६ बजे मात्रै राष्ट्रपति कार्यालयमा मन्त्रिपरिषदको सिफारिश पत्र पुगेको थियो । पत्र आएलगत्तै राष्ट्रपति भण्डारीले प्रदेश प्रमुख नियुक्त गर्नुभएको हो ।

प्रदेश १ प्रमुखमा नियुक्त प्यासी नेकपाका बरिष्ठ नेता हुनुहुन्छ । पृथ्वीनारायण कास्की निवासी प्यासी २०४३ सालमा जनपक्षीयतर्फबाट राष्ट्रिय पञ्चायत सदस्य हुनुभएको थियो । २०४८ सालमा एमालेबाट सांसद निर्वाचित प्यासी नेकपाको स्थायी समितिमा आमन्त्रित सदस्यसमेत हुनुहुन्छ । उहाँ २०७४ को चुनावमा प्यासी प्रतिनिधिसभामा समानुपातिक सूचीमा हुनुहुन्थ्यो प्यासी त्यागी र लोकप्रिय नेताका रूपमा परिचित हुनुहुन्छ ।

यस्तै प्रदेश २ का प्रमुख बाँकेका तिलक परियार पुराना दलित नेता हुनुहुन्छ । पहिलो संविधानसभामा परियार माओवादीबाट बाँके १ बाट निर्वाचित हुनुभएको थियो । यस्तै प्रदेश ३ का प्रमुख झापाका विष्णु प्रसाईं यसअघि जिल्ला विकासको उपसभापति हुनुभएको थियो । पुराना नेता प्रसाईंलाई गत स्थानीय निर्वाचनमा पार्टीभित्रकै एउटा समुहले मेची नगरनगरपालिकाको मेयरमा हराएको थियो । प्रसाईं झापा संघर्षदेखि नै राजनीतिमा सक्रिय हुनुहुन्छ ।

यस्तै गण्डकी प्रदेश प्रमुख अमिक शेरचन नेकपाका पाका र अनुभवी नेता हुनुहुन्छ । राष्ट्रिय जनमोर्चाका अध्यक्षको भुमिकामा लामो समय रहनुभएका शेरचनले माओवादी १० वर्षे युद्ध छोडेर शान्ति प्रकृयामा आएपछि पार्टी एकता गरी माओवादीमा आउनु भएको हो । शेरचन उपप्रधानमन्त्रीसम्म भइसक्नु भएको पाका र अनुभवि नेता हुनुहुन्छ ।

आज दिउसो बसेको मन्त्रिपरिषद बैठकले सरकारले सात वटै प्रदेश प्रमुख नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । मन्त्रिपरिषदले दिउसो नै निर्णय गरेपनि साँझ पौने ६ बजे मात्रै राष्ट्रपति कार्यालयमा मन्त्रिपरिषदको सिफारिश पत्र पुगेको थियो । पत्र आएलगत्तै राष्ट्रपति भण्डारीले प्रदेश प्रमुख नियुक्त गर्नुभएको हो

यस्तै प्रदेश ५ का प्रमुख धर्मनाथ यादव पनि पुराना र अनुभवी नेता हुनुहुन्छ । उहाँ सिराहाका पुराना नेतामध्ये पर्नुहुन्छ । पूर्वएमालेका केन्द्रीय सदस्य शाहले पार्टीबाट पाएको सबभन्दा ठूलो अवसर नै प्रदेश प्रमुख हो । लामो समय पार्टीमा सक्रिय शाह प्रधानमन्त्री केपी शर्मा ओली निकट भएकै कारण तात्कालिन एमालेमा अवसर दिन कन्जुस्याईं गर्दै आएको थियो । यादवसादगी नेता हुनुहुन्छ ।

लामो समय शिक्षण पेशा अंगाल्नुभएका यादव २०४८ सालको चुनावमा नेकपा एमालेको तर्फबाट उम्मेदवार बन्नुभएको थियो । आर्थिक अभावका कारण त्यसपछि उहाँ चुनावमा उम्मेदवार बन्न अस्वीकार गर्नुभयो । २०७३ सालमा नेकपा एमालेले गरेको पूर्व पश्चिम जागरण अभियानको क्रममा झापामा स्थायी समितिको बैठक राखेर यादवलाई केन्द्रीय सदस्यमा मनोनयन गरिएको थियो ।

यस्तै कर्णाली प्रदेशका प्रमुख गोविन्द कलौनी प्राधानाध्यापकको जागिर छोडेर राजनीनीमा आउनु भएको हो । उहाँ २०५१ सालमा डडेल्धुराबाट नेपाली कांग्रेसका नेता शेरबहादुर देउवासँग चुनाव लडनुभएको थियो । २०६४ सालमा कञ्चनपुरबाट चुनाव लडे पनि पराजीत हुनुभयो । यस्तै सुदुरपश्चिम प्रदेश प्रमुख शर्मिलाकुमारी पन्त बेपत्ता परिवारका सदस्य हुनुहुन्छ । काठमाडौं निवासी पन्तका श्रीमान ज्ञानेन्द्र त्रिपाठी द्वन्द्वकालमा बेपत्ता पारिएको थियो ।