जनता टाइम्स

१२ जेष्ठ २०८२, सोमबार १७:४८

जेठ १५ गते झाकीसहित ३ हजार सहभागिता गराउने एमाले उपत्यका प्रदेशकाे निर्णय, यस्ताे छ योजना


काठमाडाैं, जेठ १२ । नेकपा एमाले उपत्यका बिशेष प्रदेश कमिटीले जेठ १५ गते झाकी सहित ३ हजार सहभागिता गराउने योजना बनाएको छ । आज ४ बजे च्यासलमा आयोजना गरिएको बिस्तरित भेलाले यस्तो निर्णय गरेको हो ।

मजदुर, विभिन्न पेशागत व्यक्तिहरु, उद्ध्योगी व्य्वसायी र युवा विद्यार्थीहरुको बिशेष जिल्ला कमिटी र इलाका कमिटीहरुबाट ब्यानर र झाकी सहित सहभागी हुनेगरि तयारी अगाडि बढाइएको जानकारी दिइएको छ ।

भेलामा उपत्यका बिशेषको सहभागिता सम्योजन गरिरहनुभएको नेकपा एमालेका सचिव योगेश भट्टराईले यो बर्ष प्रतिगामीहरुलाइ निस्तेज गर्न जरुरी भयकोले गणतन्त्र दिवसलाई अझ उत्कर्सका साथ आयोजना गर्न लागिएको बताउनुभयो ।

भेलाका अध्यक्ष नेकपा एमालेका पोलिटब्युरो सदस्य सुजिता शाक्यले वीर शहिदहरुको बलिदानबाट प्राप्त सङ्घिय लोकतान्त्रिक गणतन्त्रको रक्षा र विकास एमाले पंक्तिको जिम्मेवारी रहेको र यश बिरुद्ध हुने कुनै पनि गतिविधिको दर्हो जवाफ बिशेष क्षेत्रले दिनेगरि गणतन्त्र दिवसमा सहभागिता रहने बताउनुभयो ।

भेलाको संचालन प्रदेश कमिटीका अध्यक्ष प्रेमकुमार पराजुलीले गर्नुभयको थियो । भेलामा बिशेष प्रदेश अन्तर्गतका विभिन्न कमिटीहरुबाट १६५ जना अगुवा कर्याकर्ताको उपस्थिति रहेकोे थियो ।