जनता टाइम्स

१३ जेष्ठ २०८२, मंगलवार ०९:२५

हरियाणामा एउटा कारभित्र एकै परिवारका ७ जना मृत फेला


काठमाडौं, १३ जेठ ।  भारतीय राज्य हरियाणाको पञ्चकुलामा एउटा कारभित्र एकै परिवारका सात जना मृत फेला परेका छन्।पञ्चकुलाका डीसीपी हिमाद्री कौशिकले मृतक सबै एकै परिवारका भएको र उनीहरूको पहिचान भइसकेको बताइन्।

उनले भनेकी छन्,प्रथम दृष्टिमा यो आत्महत्याको घटना देखिन्छ। समाचार एजेन्सी पीटीआईका अनुसार उनीहरू देहरादुनवासी एकै परिवारका सदस्य थिए।मृतकमा दम्पती, उनीहरूका तीन छोराछोरी र दुई वृद्ध सदस्य छन्। प्रहरीले सोमबार राति ११ बजेतिर सेक्टर २७ मा घटना भएको र सबैको शव कारबाट बरामद भएको बताएको छ।कारमा उत्तराखण्डको देहरादुन नम्बर भेटिएको थियो। डीसीपी कौशिकले प्रथम दृष्टिमा आत्महत्याजस्तो देखिए पनि सबै फोरेन्सिक प्रमाणहरू संकलन गरी अनुसन्धान भइरहेको बताएकी छन्।