जनता टाइम्स

१९ कार्तिक २०७६, मंगलवार १२:५५

महोत्तरीमा चार पदका लागि उपनिर्वाचन


महोत्तरी, कात्तिक १९

आउँदो मङ्सिर १४ गते हुने उप निर्वाचनमा महोत्तरीमा चार पदका लागि उप–निर्वाचन हुने भएको छ । जिल्ला निर्वाचन अधिकारी पुष्पा झाका अनुसार उपनिर्वाचनमा जिल्लामा दुई नगरपालिका र एक गाउँपालिकाको चार पदका लागि उप निर्वाचन हुनेभएको छ । एक गाउँपालिका अध्यक्ष र तीन वडाध्यक्षको स्थान रिक्त रहेको छ ।

पिपरा गाउँपालिकाको अध्यक्ष र बलवा नगरपालिकाको वडा नं-२ र ८ का वडाध्यक्षको मृत्यु भएकाले सो पदका लागि निर्वाचन हुनेछ । त्यस्तै मटिहानी नगरपालिका–६ का वडाध्यक्षको नाम लोकसेवामा सिफारिस भएपछि रिक्त स्थानमा निर्वाचन हुने झाले बताउनुभयो । सो उपनिर्वाचनमा २४ हजार ४९२ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय महोत्तरीले जनाएको छ ।