जनता टाइम्स

१९ कार्तिक २०७६, मंगलवार २१:१२

भारतको दादागिरीबिरुद्ध बोल्ने नेकपाका पहिलो नेता बने भीम रावल, नयाँ नक्साप्रति जनाए कडा आपत्ति


काठमाडौं, कात्तिक १९ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता भीम रावलले भारत सरकारले जारी गरेको नयाँ नक्सामा नेपाली भूमि भारततिर देखाएको भन्दै कडा आपत्ति जनाउनु भएको छ ।

नेकपाका स्थायी समिति सदस्य रावलले आज ट्विट गर्दै नेपालको लिम्पियाधुरा लिपुलेक क्षेत्र भारत सरकारले नक्शामा भारतीय भूमी भनी देखाएको भन्दै आपत्ति जनाउनु भएको हो । नेता रावलले नेकपा स्थायी कमिटीको र सर्बदलीय बैठक बोलाउनुका साथै कूटनीतिक माध्यमबाट तत्काल भारतसँग वार्ता गर्नु पर्ने सुझाव समेत दिनुभएको छ ।

भौगोलिक अखण्डताको रक्षा गर्नु सरकारको पहिलो कर्तव्यभएको भन्दै उहाँले सो माग गर्नुभएको हो । भारत सरकारले सार्वजनिक गरेको नयाँ नक्सामा नेपाली भूमि भारतमा समेटिएको छ ।