जनता टाइम्स

२० कार्तिक २०७६, बुधबार ०८:२५

अपहरणकारी समात्न प्रहरीले चलायो गोली, एक बालकको सकुशल उद्दार


काठमाडौं, कात्तिक २० । पर्सा प्रहरीले गोली प्रहार गरी अपहरणकारीको पञ्जाबाट एक बालकको सकुशल उद्धार गरेको छ । बालकको उद्धारमा गएको प्रहरी टोलीले अभियुक्त पक्राउका लागि गोली चलाउनु परेको हो । गोली लागेर घाइते भएका एकजनाको उपचार हुँदैछ ।

खुट्टामा एक गोली लागेका अपहरणकारी घाइते भएका थिए । उनको उपचार हुँदैछ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार दस दिनदेखि अपहरित १४ बर्षिय बालकको सकुशल उद्धार गरिएको छ । घटनास्थलबाट प्रहरीले कटुवा पेस्तोल र गोली बरामद गरेको जनाएको छ ।