काठमाडौं, कात्तिक २०
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कास्की क्षेत्र नम्बर २ मा हुने प्रतिनिसभा निर्वाचनको लागि कांग्रेसका पुराना नेता खेमराज पौडेललाई टिकट दिने निर्णय गरेको छ । आज बसेको पार्टी पदाधिकारी बैठकले उहाँलाई टिकट दिने निर्णय गरेको हो ।
यसअघि केन्द्रीय सदस्य धनराज गुरुङले उम्मेवारमा आफ्नो दाबी नरहेको बैठकमा जानकारी गराएपछि पौडेलले टिकट पाउनुभएको हो । ७४ वर्षीय पौडेल हाल गणेशमान सिंह प्रतिष्ठान कास्कीको संयोजकको जिम्मेवारीमा छन् । यसअघि शिक्षण पेसाबाट अलग्गिएपछि भने कास्की काँग्रेसको जिल्ला उपसभापतिको जिम्मेवारी समेत सम्हाल्नुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्