जनता टाइम्स

२१ जेष्ठ २०८२, बुधबार ०९:५५

रामेछापको लाहाछेवरको एक घरमा आगलागी, ३२ लाख रुपैँया बराबरको क्षति 


रामेछाप, २१ जेठ । उमाकुण्ड गाउँपालिका–१ गुम्देलको लाहाछेवरमा एक घरमा आगलागी भएको छ ।

गाए राति आगलागी हुँदा घरमा भएका सबै सामान जलेर नष्ट भएका छन् । स्थानीय शिक्षक पोटराज घिमिरेका अनुसार स्थानीय लाक्पा नुरी शेर्पाको घरमा गए राति ३ः३० बजेतिर आगलागी भएको थियो ।

आगलागीबाट घरमा भएको धनमाल, नगद, गहना, अन्नपात, चौँरीको घ्यू, दुर्खा, लुगाफाटो सबै जलेर नष्ट भएको छ ।   आगलागीको समयमा लाक्पा चौँरी गोठमा हुनुहुन्थ्यो । दुईजना बच्चा बुबा आमासँग नजिकैको अर्को घरमा सुतेका थिए ।

आगलागीबाट झण्डैँ ३२ लाख रुपैँया बराबरको धनमाल क्षति भएको अनुमान गरिएको छ । आगो कसरी लाग्यो भन्ने खुल्न सकेको छैन ।