भक्तपुर, २२ जेठ । नेकपा एमाले वाग्मती प्रदेश स्तरीय प्रचार कार्यशाला बिहीबारबाट भक्तपुरमा सुरु भएको छ ।
नेकपा एमाले वाग्मती प्रदेश प्रचार तथा प्रकाशन विभागको आयोजनामा दुई दिने कार्यशाला सुरु भएको हो । पार्टीको प्रदेश प्रचार योजनालाई प्रभाकारी रूपमा अघि बढाउन दुई दिने कार्यशाला आयोजना गरिएको पार्टी प्रदेश कमिटी उपसचिव एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख भक्तकुमारी लामाले जानकारी दिनुभयो । ‘वर्तमान अवस्थाको समीक्षा गरेर प्रचारको रणनीति बनाउन कार्यशाला आयोजना गरिएको हो’, कार्यक्रममा बोल्दै लामाले जानकारी दिनुभयो ।
अहिले पार्टी र पार्टी नेतृत्व माथि चौतर्फी आक्रमण भएकोले त्यसलाई निस्तेज पार्ने योजना बनाएर अघि बढ्न कार्यशाला सहयोगी हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । पार्टीका तलका तहसम्म प्रचारका योजना बनाएर अघि बढिले उहाँले सुनाउनुभयो । ‘पार्टीका प्रचारका विभिन्न प्लेटफर्महरू बनाएर प्रचारलाई प्रभाकारी बनाउने योजना कार्यशालाले बनाउने छ’, उहाँले भन्नुभयो ।
पार्टी प्रदेश प्रचार विभाग प्रमुख भक्तकुमारी लामा र केन्द्रीय महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्यता रहेका कार्यशालामा नेकपा एमालेका नेताहरू, प्रदेश कमिटीका नेताहरू, प्रदेश प्रचार तथा प्रकाशन विभागका पदाधिकारी तथा सदस्य, वाग्मती प्रदेश भित्रका जिल्ला प्रचार विभागका प्रमुख एवं सचिवहरू, प्रेस चौतारी नेपालको वाग्मती प्रदेश कमिटीका पदाधिकारी, जिल्ला अध्यक्ष तथा सचिवहरू लगायतको सहभागिता रहेको छ । कार्यशाला शुक्रबारसम्म चल्ने छ ।
प्रतिक्रिया दिनुहोस्