काठमाडौं, जेठ २२ । राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले उपाध्यक्ष तथा पूर्वसभामुख अग्नि सापकोटा पक्राउ पर्ने डरले माओवादी केन्द्र संसद् खोल्न तयार भएको आरोप लगाउनु भएको छ ।
‘माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख अग्नि सापकोटा पक्राउ पर्ने डरले संसद् खोल्न माओवादी तयार भएको देखिन्छ,’ शाहीले भन्नुभयो । माओवादीको आडमा संसद अवरोध गरी सडकमा राजाको नाममा धन्दा चलाउने अभियानमा रहनुभएका सांसद साहीले माओवादीले धोखा दिएको आरोप पनि लगाउनु भएको छ ।
‘गृहमन्त्री रमेश लेखक र नारायणकाजी श्रेष्ठबिच भेटघाट, भिजिट भिसामा गृहमन्त्रीलाई बचाउने । सरकारले माओवादी नेताहरू अग्नि सापकोटा र सांसद सूर्यमान दोङलाई पक्राउ नगर्ने, गृहमन्त्रीको राजीनामाबाट पछाडि हट्यो माओवादी,’ शाहीले लेख्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्