जनता टाइम्स

२१ कार्तिक २०७६, बिहीबार ११:१०

नेकपाकी उम्मेद्धार विद्या भट्टराईद्धारा मनोनयन दर्ता


पोखरा, कात्तिक २१

आगामी मङ्सिर १४ गते हुने कास्की क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि नेकपाकोतर्फबाट विद्या भट्टराईले उम्मेद्धारको मनोनयन दर्ता गराउनु भएको छ । उहाले आज विहान जिल्ला निर्वाचन कार्यालय कास्की पुगेर उहाले मनोनयन दर्ता गराउनु भएको हो ।

मनोनयन दर्ता अगाडी नेकपाले बाजागाजासहित ¥याली निकालेर जिल्ला निर्वाचनको कार्यालय पुगेको थियो । उहाको प्रस्तावकमा कृष्णबहादुर थापा रहनु भएको छ ।  यसैविच, नेकपाकी उम्मेद्धार भट्टराईले चुनावी अभियानपनि शुरु गर्नुहुने भएको छ । उहाले तत्कालिन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको जन्मघरबाट चुनावी अभियान शुरु गर्ने नेकपा कास्की जिल्लाले जानकारी दिएको छ ।

तत्कालीन पर्यटनमन्त्री अधिकारीको निधनपछि रिक्त रहेको प्रतिनिधिसभा सदस्यको पदका लागि कास्की क्षेत्र नं २ मा उपनिर्वाचन हुन लागेको हो । कूल ७१ हजार ८७१ मतदाता रहेको सो क्षेत्रमा ३२ मतदानस्थल र ८२ मतदान केन्द्र रहेको छ । उम्मेदवारले कात्तिक २१ गते मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको छ ।