जनता टाइम्स

२१ कार्तिक २०७६, बिहीबार १२:१५

भक्तपुरमा कांग्रेसका भँडेलद्वारा उम्मेद्धारी दर्ता


भक्तपुर, कात्तिक २१

भक्तपुर एक (क) मा नेपाली कांग्रेसले उमेदवारी दर्ता गरेको छ । मंसिर १४ मा हुने उपनिर्वाचनका लागि कांग्रेसले केही समय अगाडी उमेदवारी दर्ता गराएको हो ।

कांग्रेस भक्तपुरका सचिव निशान ढुंगेलले प्रतिनिधिका रुपमा दर्ता उमेदवारी दर्ता गराएका थिए । कांग्रेसले कृष्ण भँडेललाइ उमेदवार बनाएको छ । कांग्रेसको उमेदवारी सातौँ नम्बरमा दर्ता भएको छ । कांग्रेसले कमलविनायकबाट ब्यान्ड बाजासहित जुलुस निकलेर निर्वाचन कार्यालय पुगेको थियो ।