जनता टाइम्स

२१ कार्तिक २०७६, बिहीबार १४:२६

भक्तपुरमा नेकपा उम्मेद्वार डिपी ढकालले गरे उम्मेद्वारी दर्ता


भक्तपुर, कात्तिक २१ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार देवीप्रसाद ढकाल (डिपी ढकाल)ले भक्तपुर निर्वाचन क्षेत्र नं १ (क)मा आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको छ । उक्त निर्वाचन क्षेत्रबाट निर्वाचित प्रदेश सभा सदस्यको मृत्यु भएपनि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।

उपनिर्वाचनका लागि निर्वाचन आयोगले आज मनोनयन दर्ताको मिति तोकेको थियो । सोही अनुसार नेकपाको निर्णयअनुसार ढकालले उम्मेदवारी दर्ता गराउनु भएको हो । चाँगुनारायण नगरपालिका र भक्तपुर वडा नम्बर १० निर्वाचन क्षेत्र रहेको सो क्षेत्रमा गत निर्वाचनमा नेकपाकै उम्मेद्वार बिजयी भएका थिए ।