जनता टाइम्स

२१ कार्तिक २०७६, बिहीबार १६:२८

दाङको प्रदेशसभामा बिमला वलीको उम्मेद्वारी दर्ता, नेकपाका नेता–कार्यकर्ताले अघि बढाए वली जिताउ अभियान


दाङ, कात्तिक २१ । आगामी मंसिर १४ गते हुन लागेको उपनिर्वाचनमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को तर्फबाट दाङ क्षेत्र नम्बर ३ (ख) मा प्रदेशसभा सदस्यका लागि बिमला वलीले मनोनयन दर्ता गराउनु भएको छ ।

प्रदेश ५ का मुख्यमन्त्री तथा नेकपा प्रदेश पार्टी इञ्चार्ज शंकर पोखरेल, अध्यक्ष ओनसरी घतीृमगर, राष्ट्रियसभा सदस्य कोमल ओलीसहितका नेता–कार्यकर्ताको साथमा बिशाल र्यालीसहित वलीको उम्मेद्वारी दर्ता भएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा वलीले नेताहरुको उपस्थितिमा मनोनयन दर्ता गनूभयो । गत निर्वाचनमा बिजयी बनेका आफ्ना पतिको निधनपछि नेकपाले सो क्षेत्रमा पत्नी बिमलालाई उम्मेद्वार बनाउने निर्णय गरेको थियो ।

निर्वाचन क्षेत्रका जनताको मागअनुसार आगामी मंसिर १४ गते उपनिर्वाचनका लागि नेकपाको तर्फबाट बिमलालाई उम्मेद्वार बनाइएको हो । उम्मेद्वारी दर्तासँगै मतदातामाझ नेकपाका नेता कार्यकर्ताले बिमला वली जिताउ अभियान अघि बढाएका छन ।