जनता टाइम्स

२८ जेष्ठ २०८२, बुधबार २३:३४

अखिलको निर्वाचनमा देखियो प्रष्टै गुट, प्यानल बनाएर दुवै अध्यक्ष मैदानमा उत्रदा यस्तो छ उम्मेदवारको अन्तिम नामावली (सूचीसहित)


काठमाडौं, जेड २८ । नेकपा एमाले निकट बिद्यार्थी संगठन अनेरास्ववियुको नयाँ नेतृत्व चयनको लागि हुन लागेको निर्वाचनमा उम्मेदवारको अन्तिम नामावली सार्वजनिक भएको छ । निर्वाचन प्रक्रिया अन्तर्गत बुधवार साँझ ८. ५५ बजे उम्मेदवारको अन्तिम नामावली सार्वजनिक भएको हो ।

यही जेठ २५ देखि २७ सम्मका लागि तय गरिएको अनेरास्वबियुको कीर्तिपुरमा जारी २४औं राष्ट्रिय सम्मेलन सर्वसम्मत बनाउने कि निर्वाचन भन्ने बिषयमा बिवाद भइ लम्बिन पुगेको छ । सोही कारण बुधवार उम्मेदवारको अन्तिम नामावलस् सार्वजनिक गरी बिहीवार बिहान ८ बजेबाट मतदान तोकिएको छ ।

मंगलवार साँझ नै उम्मेदवारी दर्ता भएको अनेरास्ववियुमा आज बिहान ८ बजेबाट मतदान हुने तालिका थियो । तर प्राविधिक कारण देखाएर मतदान सार्दै बिहीवार बिहानबाट मात्रै हुने भएको हो । बिहान ८ बजेबाट ४५ वटा मेसिनबाट विद्युतीय मतदान हुने अध्यक्षमण्डलले जनाएको छ ।

अनेरास्वबियुका अध्यक्षमा डा. सुनज कडरिया र प्रकाश पौडेलबीच प्रतिस्पर्धा हुँदैछ । निर्वचनमा ५२१ जना उम्मेदवार रहेका छन । अध्यक्षका प्रत्यासी डाक्टर सुजन कडरिया र प्रकाश पौडेल प्यानल बनाएर मैदानमा उत्रनुभएको छ । यस्तै उपाध्यक्ष खुलातर्फ चार र महिलातर्फ चार जनाको उम्मेदवारी परेको छ ।

निर्वाचन समितिका अनुसार महासचिवमा तीन जनाको उम्मेदवारी परेको छ भने सचिवका लागि ३५ जनाले उम्मेदवारी दिएका छन । आयोग अध्यक्ष, स्थायी कमिटी, केन्द्रीय कमिटी, आयोग पदाधिकारी रसदस्य गरी ५२१ जना उम्मेदवार रहेको जानकारी अध्यक्षमण्डलका सदस्य एवं अखिलका पूर्वअध्यक्ष माधव ढुंगेलले दिनुभएको छ ।