काठमाडौं, २९ जेठ । भारतको गुजरातमा विमान दुर्घटनामा परेको छ ।
बिहीबार बिहान भारतको अहमदाबाद विमानस्थल नजिकै एउटा विमान दुर्घटनामा परेको हो । अहमदाबाद विमानस्थलबाट लण्डनका लागि उडेको एयर इण्डियाको विमान अहमदाबादको मेघानीनगर क्षेत्रमा दुर्घटनामा परेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
सो विमान उडान भरेको केही समयपछि नै दुर्घटनाग्रस्त भएको बताइएको छ । बोइङ ७८७–८ ड्रीमलाइनर सो विमानमा २ सय ४२ यात्रु सवार रहेको बताइएको छ ।
दुर्घटनाको बारेमा थप विवरण आउन बाँकी छ । दुर्घटना भएको ठाउँमा धुवाँको मुस्लो उडेको देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्