जनता टाइम्स

२२ कार्तिक २०७६, शुक्रबार १०:१०

वैचारिक बहसको क्षमतामा ह्रास आएपछि झोलामा उत्रिएको राजनीति


पोखरा, कात्तिक २२

राजा जनकको दरबारमा अष्ट्रावक्र एकपटक शास्त्रार्थ गर्न पुग्दछन् । जहा ऋषि आचार्य बन्दी हुन्छन्, उनले सबै ज्ञानीलाई आफुसँग शास्त्रार्थ गर्न आउन खुल्ला चुनौति दिन्छन् । तर, उनको शर्त थियो, जसले हार्छ उसले जलसमाधी (मृत्यु) लिनुपर्ने हुन्छ ।

धेरै ऋषिहरु पुगे, तर सबैलाई आचार्य बन्दीले पराजित गर्दै गए । तब त्यहा अष्ट्रावक्र पुग्दछन् । शुरुमा यस्तो मानिसले पनि शास्त्रार्थ गर्दछ भनेर प्रवेश गर्नै दिएनन् । तर, पछि राजा जनकले उनलाई भित्र बोलाएर शास्त्रार्थको अनुमति दिए । लामो समयको शास्त्रार्थपछि आचार्य बन्दीले पराजय स्विकार गर्दछन् । र उनले जलसमाधि लिने घोषण गर्दछन् । तर, अष्ट्रावक्रले उनलाई एक ठुलो शिक्षा दिदै क्षमा गरिदिन्छन् र भन्छन् – शास्त्रलाई शस्त्र नबनाउ ।

अहिले पनि मानिसहरु शास्त्रलाई शस्त्र बनाउन लागिरहेका छन् । मानिसहरु जब बैचारिक रुपमा रित्तिन्छन्, तब कुतर्कलाई अगाडी सारेर जित देखाउन खोज्छन् । नेपाली राजनीतिमा पनि यस्तै भएको छ, पछिल्लो समय । राजनीतिक रुपमा बैचारिक बहस गर्न नसकेपछि मानिसहरु कु–तर्क लिएर होमिएका छन् । जसको शिकार बनाउने प्रयास भईरहेको छ, कास्की–२ मा नेकपाकी उम्मेदवार विद्या भट्टराईमाथी ।

उहाको एक तस्विरलाई अहिले विपक्षीले चुनावी हतियारको रुपमा अगाडी सारेका छन् । तर, यसले खासै असर नगर्ने नेकपाका नेताहरु बताउछन् । जे कुरामा पनि नकरात्मकता देख्ने बानी परेकालाई कुनै कुरामा सकरात्मक नदेख्ने नेकपाका नेताहरु बताउछन् । बाटोमा हिडिरहेको मानिस नदेख्ने तर, त्यसले त पेटमा … बोकेर हिडेको छ नि भनेर आलोचना गर्न मन पाउने प्रवृत्तिका मानिसलाई आफुहरुको केही भन्नु नरहेको कास्कीका नेताहरु बताउछन् ।

तर, झोला बोक्ने व्यक्ति कोही नभएर उहि समृद्ध पोखरा बनाउन सधै लागि परेका स्व. रविन्द्र अधिकारीका माइला भाई दिपेन्द्र अधिकारी हुन् । जो भाउजुलाई चुनावमा सघाउन जापानदेखि नेपाल आउनु भएको छ । धेरैले भट्टराईले कायकर्तालाई झोला बोकाएको भनेता सस्तो लोकप्रियता कमाउन सामाजिक सञ्जालमा रोइलो गरिरहेका छन् । उनिहरुलाई नेकपाको खुल्ला चुनौति छ, वैचारिक बहस भए मैदानमा आए हुन्छ । कुतर्क गर्नेलाई त कसैले सक्दैन ।

दिपेन्द्र लामो समयदेखी जापान बस्दै आएका थिए । विद्यालाई नेकपाले कास्की–२ बाट उम्मेदवार घोषणा गरेसंगै उहा भाउजुलाई सघाउन नेपाल आउनु भएको हो । पोखरामा अहिले विपक्षी उम्मेदवार पोखराको विकासका लागि केही कुरा गर्दैनन् । गर्दछन् त केवल विद्याका नकरात्मक कुरा । त्यसैले पनि विपक्षीसँग पोखराको विकासका लागि कुनै एजेण्डा नै रहेकाले पोखरेली जनताको मनमनमा विद्या रहेको स्पष्ट हुने नेकपाका नेताहरुको दावी छ ।