जनता टाइम्स

२२ कार्तिक २०७६, शुक्रबार १२:२७

दुताबास अगाडि जलाइयाे भारतकाे नयाँ नक्सा


काठमाडौं, कात्तिक २२

कास्मिरलाइ बिषेषाधिकारमुक्त्त राज्य बनाएसँगै भारतले निकालेकाे नयाँ नक्सामा नेपाली भूभाग मिचेकाे नक्सा निकाले पश्चात नेपाली भूमी अतिक्रमण भएकाे भन्दै चाैतर्रफी विवाद शुरू भएकाे छ । भारतले जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भूभाग अतिक्रमण गरिएको विरोधमा देशभर आन्दोलन चर्किदै गएकाे हाे ।

आज भारतीय दूतावास अगाडि प्रदर्शन गर्दै विद्यार्थीहरुले भारतको नक्सा जलाएका छन् । संयुक्त विद्यार्थी आन्दोलनको ब्यानरमा गरिएको प्रदर्शनमा उनीहरुले अतिक्रमित सम्पूर्ण नेपाली भूमि फिर्ता गर्नुपर्ने मागसहित नारा लगाएका छन्। नेपालको भौगोलिक अखण्डता र सार्वभौमसत्तामा हस्तक्षेप गरेको भन्दै केही दिनयता नेपालभर भारतको विरोध हुँदै आएको छ ।

नेपाल सरकार र राजनीतिक दलका नेताहरुले समेत लिपुलेक नेपालकै भूमि भन्दै भारतको विवादित नक्सा सच्याउन माग गर्दै आएका छन् । तर, भारतले भने कालापानी, लिम्पियाधुरा लगाएतका ठाउँ भारतकै हाे नेपालमाथी हस्तक्षप नगरेकाे दावी गर्दै आफ्नो नक्सा सही भएको दाबी गर्दै आएको छ ।