जनता टाइम्स

२२ कार्तिक २०७६, शुक्रबार १३:१२

यी प्रश्न गरेपछि शारीरिक सम्बन्ध बनाउन हुन्छ सहज


काठमाडौं, कात्तिक २२

शारीरिक सम्बन्ध बनाउनु पहिले आफ्नो साथीलाई महत्वपूर्ण कुरा भनौ या केही प्रश्नहरु गर्न भुल्नुहुन्न । जसले तपाईंको स्वास्थ्यलाई सुरक्षित गर्न मद्दत गर्छ । त्यसैले आफ्नो स्वास्थ्यलाई ध्यान दिदै शारीरिक सम्बन्ध अघि गर्नुहोस् यी प्रश्न

एचआइभीको जाँच गरायौँ ?

आफ्नो साथीलाई यो प्रश्न कहिल्यै सोध्न भुल्नु हुँदैन । एचआइभी वा अन्य यौन रोगको जाँच गराएको वा नगराएको बारेमा जानकारी लिनुपर्छ ।

यौन इतिहास कस्तो छ ?

यो प्रश्न पनि अर्को महत्वपूर्ण हो । तपाईंको स्वास्थ्यसँग यो प्रश्नको राम्रो सम्बन्ध छ । तपाईंले पनि आफ्नो साथीलाई आफ्नो यौन इतिहासका बारेमा खुलेर कुरा गर्नुपर्छ । एक भन्दा धेरै व्यक्तिसँगको सम्बन्धले एसटिडी हुने सम्भावना अधिक हुन्छ ।

कन्डमबाट एलर्जी त छैन ?

शारीरिक सम्बन्ध कायम गर्ने समयमा प्रयोग हुने विभिन्न प्रकारका कण्डमबाट हुने एलर्जीबारेमा ध्यान दिनु आवश्यक हुन्छ । आफ्नो साथीलाई कण्डमबाट एलर्जी भए वा नभएको बारेमा सोध्नुपर्छ । यसअघि पनि सम्बन्ध राखेको छ भने यस प्रश्न सोध्न सजिलो हुन्छ । यदिी नयाँ हो भने तपाईं आफैले ध्यान दिन जरुरी छ ।

दाद रोग वा छालाजन्य रोग त छैन ?

छालाजन्य रोगको संक्रमण छिटो–छिटो सर्ने भएकाले तपाईंले यो रोगका बारेमा पनि खुलेर प्रश्न सोध्नु आवश्यक हुन्छ । छिटो–छिटो सर्ने दादलगायतका रोगका बारेमा प्रश्न गर्न बिर्सनु हुँदैन ।

कण्डमको प्रयोग कस्तो लाग्यो ?

कण्डमको प्रयोगले सन्तुष्टिमा समस्या आउँनसक्छ । त्यसैले यसका बारेमा प्रश्न गर्न पनि डराउनु हुँदैन । बर्थ कन्ट्रोलका लागि प्रयोग गर्दा समस्या पो भएको छ कि ? यसमा तपाईंले ध्यान दिनुपर्छ । एजेन्सीको सहयोगमा