काठमाडौँ, ८ असार । प्रतिनिधिसभाको बैठक आज आइतबार बिहान ११स्०० बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्दै छ ।आजको बैठकमा विनियोजन विधेयक, २०८२ को विभिन्न शीर्षकमाथिको छलफल जारी रहने छ ।
संघीय संसद् सचिवालयले तयार पारेको सम्भावित कार्यसूचीअनुसार आजको बैठकमा युवा तथा खेलकुद, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, अर्थ, शहरी विकास मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपति कार्यालय एवं उपराष्ट्रपति कार्यालयको विनियोजनमाथिको छलफल हुनेछ । यस्तै, सांसदहरूले राखेको खर्च कटौतीको प्रस्तावसमेत पेस हुनेछ ।यसैगरी, सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा अन्तर्गतको विषयगत समितिमा सदस्यहरूको नाम हेरफेर गर्नुहुने छ । उहाँले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची समेत तय भएको संघीय संसद् सचिवालयले जनाएको छ ।
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, यी हुन् सम्भावित कार्यसूची

प्रतिक्रिया दिनुहोस्