जनता टाइम्स

२३ कार्तिक २०७६, शनिबार ०९:३७

फेरि समातिए बिप्लव समुहका हस्तीसहित १६ जना नेता-कार्यकर्ता


काठमाडौं, कात्तिक २३ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिवन्धित नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्यसहित १६ जना पक्राउ परेका छन । बिप्लव समूहका केन्द्रीय सदस्य चुडामणि ओली ‘आदर्श’सहित १६ नेता तथा कार्यकर्तालाई प्रहरीले बाजुराबाट पक्राउ गरेको हो ।

बाजुराको गौमुल गाउँपालिका–३ स्थित माझपालीबाट शुक्रबार दिउँसो उनीहरुलाई पक्राउ गरिएको बाजुराका प्रहरी प्रमुख उद्धवसिंह भाटले जानकारी दिनुभयो । ओलीलाई गत बैशाख ६ गते सांगठानिक कामको शिलसिलामा खटिरहेका बेला तुलसीपुर उपमहानगरपालिका–३ स्थित राम्रीबाट पक्राउ गरेको थियो ।

उनलाई संगठित अपराध, विष्फोट, हातहतियार तथा खरखजना र राजद्रोहको अभियोग लगाइएको थियो । बन्दी प्रत्यक्षीकरणको रिटको सुनुवाइ गर्दै सर्वोच्च अदालतले प्रहरीले लगाएको आरोप पुष्ट नभएको भन्दै ओलीलाई गत जेठ २४ गते रिहा गर्न आदेश दिएको थियो ।

रिहा लगतै उनलाई पुनः पक्राउ गरेर सुनसरी लागिएको थियो । ओलीलाई सुनसरी जिल्ला अदालतले गत असार २४ गते साधारण तारिकमा रिहा गरेको थियो । ओली बाजुराबाट पुनः पक्राउ परेका हुन । ओलीसहित पक्राउ पर्नेहरुमा डम्बर सुनार, नरेश शाही, दीपक प्रकाश सुनार, अमललाल थापा, धर्मबहादुर थापा,उदय कशेरा, राजेश कुमार शाही, डबल बहादुर नेपाली, धर्मसिंह बोहरा, कुश्मा विक, अस्मिता विक, सुस्मिता विक, कमला विक, सृष्टि सिंह रहेका छन् ।