जनता टाइम्स

२४ कार्तिक २०७६, आईतवार १८:३७

इन्स्पेक्टर पन्थीको कमाल : साँखु प्रहरीले समात्यो सत्र बर्षदेखि फरार अभियुक्त


काठमाडौं कात्तिक २४ । महानगरीय प्रहरी प्रभाग साँखुले सत्र बर्षदेखि फरार रहेका ज्यानमारा मुद्दाका एक अभियुक्तलाई पक्राउ गरेको छ । २०५९ सालमा धादिङ जिल्लाको बिरचेतमा लाग्ने एकादशी मेलामा ग्याङ्ग फाइट हुँदा पर्शुराम तामाङको हत्या गरी फरार रहेका धादिङकै दर्खा २ निवासी ४१ बर्षीय गोम लामा तामाङलाई साँखु प्रहरीले आज पक्राउ गरेको हो ।

साँखुका प्रमुख प्रहरी निरीक्षक गोबिन्द पन्थीका अनुसार लामालाई काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वार्ड नम्बर १ स्थित गागलबाट पक्राउ गरिएको हो । अभियुक्त तामाङ घटना पश्चात बैदेशिक रोजगारमा गएका थिए भने फर्किए पश्चात गागलमा लुकिछिपी बस्दै आएका थिए । पक्राउ परेका तामाङलाई थप अनुसन्धान एवं कारबाहीको लागि केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) मा पठाइएको प्रभाग का प्रहरी निरीक्षक पन्थीले जानकारी दिनुभयो ।

साँखुमा पन्थी गएपछि शान्ति सुरक्षाको अवस्था निकै मजवुत हुँदै आएको छ भने अपराधीीबरुद्ध कडा एक्शनमा प्रहरी उत्रिएको छ । पछिल्लो समय स्थानीयबासी समेत प्रहरीको मुक्त कण्ठले प्रसंशा गर्न थालेका छन । पन्थी अपराध अनुसन्धानमा निकै अब्बल अधिकृत भएकै कारण सो क्षेत्रमा लुकेर बस्ने अभियुक्तहरु धमामध पक्राउ पर्न थालेका छन ।