जनता टाइम्स

२५ कार्तिक २०७६, सोमबार ०८:३४

फाल्गुनन्दको प्रेरणादायी उपदेशबाट राष्ट्रिय एकतालाई सुदृढ एवं सबल बनाउन सकिने राष्ट्रपतिको बिश्वास


काठमाडौं, कात्तिक २५ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालना गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ एवं सबल बनाउन सकिने विश्वास व्यक्त गर्नुभएको छ ।

किरात धर्मावलम्बीको महागुरु फाल्गुनन्दको जयन्तीका अवसरमा शुभकामनाआज सन्देश दिँदै राष्ट्रपत भण्डारीले सो बिश्वास ब्यक्त गर्नुभएको हो । पाँचथर, ताप्लेजुङ, तेह्रथुम, इलाम झापालगायतका पूर्वी पहाडी जिल्लामा धार्मिक अनुष्ठान, पूजापाठलगायतका कार्यक्रम आयोजना गरी फाल्गुनन्दको जन्मजयन्ती मनाउने गरिएको छ । ‘फाल्गुनन्दको प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालना गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ एवं सबल बनाउन सकिने विश्वास मैले लिएको छु,’ राष्ट्रपति भण्डारीको शुभकामना सन्देशमा भनिएको छ ।

राष्ट्रपति भण्डारीले फाल्गुनन्द जयन्तीको स्वदेश तथा विदेशमा रहेका किरात धर्मावलम्बी दाजुभाइ तथा दिदीबहिनीमा हार्दिक मङ्गलमय शुभकामना पनि दिनुभएको छ । फाल्गुनन्दले किरात धर्म र संस्कृतिमा महत्त्वपूर्ण योगदान पुरयाएकामा उच्च कदर गर्दै सरकारले उनलाई राष्ट्रिय विभूति घोषणासमेत गरेको राष्ट्रपति भण्डारीले स्मरण गर्नुभएको छ । राष्ट्रपति भण्डारीले फाग्नुनन्द जयत्नीले एक आपसमा सहिष्णुता, सदभाव, अहिंशा एवं समाज सुधारको अभियानमा लाग्न प्रेरणा मिलोस भन्ने कामना पनि गर्नुभएको छ ।