जनता टाइम्स

२५ कार्तिक २०७६, सोमबार १०:१८

नेकपाको सचिवालय बैठक शुरु, एकता टुंगोमा पु¥याउने तयारी


काठमाडौं, कात्तिक २५

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको सचिवालय बैठकमा मुख्यत दुई वटा एजेण्डामा छलफल हुने बुझिएको छ ।

पार्टी एकतालाई टुंगोमा पु¥याउने र सिमामा देखिएको समस्या हलका लागि कसरी अगाडी भन्ने बारेमा छलफल हुने नेताहरुले जानकारी दिनुभएको छ । विशेष गरी पार्टी एकतामा आयोगलाई पूर्णता दिने विषयमा छलफल हुनेछ । अनुशासन आयोगका अध्यक्ष अमिक शेरचन प्रदेश प्रमुख भएर गएपछि सो पद अहिले खाली रहेको छ ।

गत भदौं पहिलो साता नै एकताको बाँकी काम टुंगो लगाउने योजना भएपनि नेताहरुबीचको बिवाद र अन्य कामका कारण हुन सकेको थिएन । पछिल्लो समय एकताको एजेण्डालाई धकेल्दै अन्य कामतर्फ सचिवालय बैठक केन्द्रित भएपछि सोमवार पार्टी एकताको बाँकी कामलाई पुर्णता दिने मुख्य एजेण्डासहित बैठक बोलाइएको नेकपा सचिवालयका एक सदस्यले जनताटाइम्सलाई बताउनु भयो । आजको बैठकमा सरकार र पार्टी कामको समेत समीक्षा हुने बताइएको छ ।