जनता टाइम्स

२५ कार्तिक २०७६, सोमबार १२:१८

१८ बर्षपछि हत्या अभियोगमा फरार अभियुक्त पक्राउ प्रकरण : सिआइवी सही कि साँखु प्रहरी ? हेर्नोस प्रमाण


काठमाडौं, २५ कात्तिक । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले एउटा अपराधको घटनामा संलग्न अभियुक्तको बिषयलाई लिएर पत्रकारलाई झुटो समाचार दिँदै काम गर्ने प्रहरी अधिकृतलाई नै बदनाम गर्ने हर्कत गरेको तथ्य बाहिर आएको छ । महानगरीय प्रहरी प्रभाग साँखुले पक्राउ गरी सिआइवीमा बुझाएको अभियुक्त गोम लामा तामाङलाई आफूले पक्राउ गरेको भन्दै झुटो समाचार लेखाएको हो ।
जवकी अभियुक्त लामालाई साँखु प्रहरीले पक्राउ गरी सिआइवीमा बुझाएको हो । हेर्नाेस तथ्य


साँखु प्रहरीले पक्राउ गरेर बुझाएको अभियुक्तबारे सिआइवीले उल्टै यो तथ्य बिपरित इन्सपेक्टर गोबिन्द पन्थीको चरित्र हत्या गर्दै केही मिडियामा समाचार लेख्न लगाएको समेत खुलेको छ । सिआइवीले तीन साता लगाएर आइतबार १८ वर्षदेखि फरार दुई अभियुक्त गोम लामा तामाङ र शुक लामा तामाङलाई पक्राउ गरेको जिकिर गरेको छ । उस्ले शुक लामालाई पक्राउ गरेको हो ।

तर साँखु प्रभागबाट अभियुक्त गोम लामा बुझे पनि सिआइवीले सो प्रभागलाई क्रेडिट नदिई आफैले समातेको समाचार प्रशारण गर्यो । हेर्नाेस सिआइवीको बक्तब्य

२०५९ साल कात्तिक २७ गते उनीहरुले धादिङको दार्खामा परशुराम तामाङको हत्या गरेका थिए । त्यसयता फरार रहँदै आएका उनीहरुलाई पक्राउ गर्न करिब एक महिनादेखि सिआईबीको टोली खटिएको थियो । तर पक्राउ गर्न सकेको थिएन । सिआइवी भन्दा साँखु प्रभागको प्रहरी कामयावी भएपछि सिआइवीलाई रिस उठेको हो । सोही कारण काम गरेको जस लियो भन्दै साँखुका इन्सपेक्टरकै बिरुद्ध धमाधम समाचार लेखाउने काममा सिआइवीका अधिकारी लागेको पाइएको छ ।