डडेल्धुरा, कात्तिक २५ । डडेल्धुरामा कात्तिक १८ गत्तेदेखि अनसनरत डा गोविन्द केसीलाई काठमाडौं लैजान खोज्दा तनाव सिर्जना भएको छ । केसीको स्वास्थ्यमा समस्या भएको भन्दै प्रहरीले जवरजस्ती काठमाडौं लैजान खोजेपछि तनाव सिर्जना भएको हो ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट प्रहरी नायब उपरीक्षक (डिएसपी) दधिराम न्यौपानेको नेतृत्वमा खटिएको टोलीले माथिको आदेश भन्दै केसीलाई काठमाडौं लैजान खोजेको हो । प्रहरीको सो कदमलाई डा केसीले गुण्डागर्दीको संज्ञा दिनुभएको छ । आफूसँग कुनै सल्लाह नगरी प्रहरी परिचालन गरी लैजान खोज्नु गुण्डागर्दी प्रवृत्ति भएको डा केसीले आरोप छ । ‘म जनताका लागि अनशन बस्न आएको हुँ मेरा माग पुरा गर अनशन तोड्छु’
डा. केसीको अवस्था नाजुक भएको चिकित्सकहरुले जानकारी दिएका छन । ‘उहाँलाई आईसीयूमा नराखे जतिबेला जे पनि हुनसक्छ,’ केसीको सहयोगका लागि आउनुभएका डा.सुस्मा कार्कीले भन्नुभयो । डा केसीको शरीरमा चिनी र नुनको मात्रा घट्दै गएको र मुटुको धडकन बढिरहेकाले हृदयधातको खतरा रहेको कार्कीले जानकारी दिनुभयो । केसी अनशन बसेको आज ८औं दिन हो । डा.केसीलाई लैजान खोज्दा उनका समर्थकले अवरोध गरिरहेका छन । केसीका समर्थकले सडकमा टायर बालेर चक्काजाम गरेका छन ।
प्रतिक्रिया दिनुहोस्