जनता टाइम्स

२६ कार्तिक २०७६, मंगलवार ०९:०१

भारतसँग सिमा जोडिएका जिल्लामा भुकम्प


बैतडी, कात्तिक २६

सुदूरपश्चिमको पहाडी जिल्ला बैतडी र दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ। भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार भारतको मुन्सीयारी केन्द्रबिन्दु भएर गएको ४ दशमलब ६ रेक्टर स्केलको भूकम्पका कारण बैतडी र दार्चुलामा धक्का महसुस गरिएको हो।

मंगलबार बिहान ७ः४५ बजे भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट चन्दा शाहले जानकारी दिनुभयो ।