जनता टाइम्स

२६ कार्तिक २०७६, मंगलवार १५:५८

समृद्ध प्रदेशको माध्यमवाट समृद्ध नेपाल निर्माण गर्ने महाअभियानमा लाग्न मुख्यमन्त्री पोखरेलको अपिल


बुटवल, कात्तिक २६ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले श्री गुरु नानकको ५५१ औं जन्मजयन्तीको अवसरमा समस्त स्वदेश तथा विदेशमा रहेका शिख धर्मावलम्बीहरुलाई शुभकामना दिनुभएको छ । मुख्यमन्त्री पोखरेलले आज एक सन्देश दिँदै गुरु नानक जयन्तीको अवसरमा सम्पुर्ण शीख धर्मावलम्वी दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको हो ।
‘नेपाल साँस्कृतिक विविधतायुक्त मुलुक हो । धार्मिक र सांस्कृतिक विविधताले रंगिएको मुलुकमा सबै धर्मको सम्मान र संस्कृतिको जगेर्ना हुने वातावरण तयार भएको छ । संघीय लोकतान्त्रिक गणतन्त्रले सबै धर्म र संस्कृतिको सम्मान र जगेर्ना गर्ने समान अवसर दिएको छ । धर्म र संस्कृति जाति र समुदाय विशेषका नभएर सबैका साझा हुँदै जानु समाजमा सद्भाव, भातृत्व र मेलमिलापको वातावरण बनाउँछ,’ शुभकामना सन्देशमा मुख्यमन्त्री पोखरेलले भन्नुभएको छ ।

मुख्यमन्त्री पोखरेलले काठमडौंका विभिन्न स्थानमा रहेका प्राचीन गुरु नानक मठमा हस्तलिखित गुरुग्रन्थ रहेका र पूरै भारतका सबै गुरु दरबारमा दर्शनका लागि उपलब्ध हुन नसकेका हस्तलिखित गुरुग्रन्थ काठमाडाँैका मठ मन्दिरहरूमा रहनु हाम्रा लागि गौरवको विषय हो भन्नुभएको छ । ‘गुरु नानक र शिख धर्मका ऐतिहासिक धार्मिक ग्रन्थ र निधिहरूको संरक्षण गर्नु हामी सबैको दायित्व र कर्तव्य दुवै हो । भौतिक पूर्वाधारको विकास गरी धार्मिक पर्यटनसँग जोड्न सके यसबाट समग्र देशको आर्थिक विकासमा टेवा पुग्नेछ,’ पोखरेलको सन्देशमा भनिएको छ ।

यस्तो छ मुख्यमन्त्री पोखरेलको शुभकामना

श्रीगुरु नानकको ५५१ औं जन्मजयन्तीको अवसरमा समस्त स्वदेश तथा विदेशमा रहनुभएका शिख धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछु । नेपाल साँस्कृतिक विविधतायुक्त मुलुक हो । धार्मिक र सांस्कृतिक विविधताले रंगिएको मुलुकमा सबै धर्मको सम्मान र संस्कृतिको जगेर्ना हुने वातावरण तयार भएको छ । संघीय लोकतान्त्रिक गणतन्त्रले सबै धर्म र संस्कृतिको सम्मान र जगेर्ना गर्ने समान अवसर दिएको छ । धर्म र संस्कृति जाति र समुदाय विशेषका नभएर सबैका साझा हुँदै जानु समाजमा सद्भाव, भातृत्व र मेलमिलापको वातावरण बनाउँछ ।

काठमाडौँंका विभिन्न स्थानमा रहेका प्राचीन गुरु नानक मठमा हस्तलिखित गुरुग्रन्थ रहेका र पूरै भारतका सबै गुरु दरबारमा दर्शनका लागि उपलब्ध हुन नसकेका हस्तलिखित गुरुग्रन्थ काठमाडाँैका मठ मन्दिरहरूमा रहनु हाम्रा लागि गौरवको विषय हो । गुरु नानक र शिख धर्मका ऐतिहासिक धार्मिक ग्रन्थ र निधिहरूको संरक्षण गर्नु हामी सबैको दायित्व र कर्तव्य दुवै हो । भौतिक पूर्वाधारको विकास गरी धार्मिक पर्यटनसँग जोड्न सके यसबाट समग्र देशको आर्थिक विकासमा टेवा पुग्ने छ ।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले अल्पसंख्यक समुदायको उत्थान र विकासका लागि पनि मार्ग प्रशस्त गरेको छ । संवैधानिक रुपमै आयोगको गठन गर्ने व्यवस्था गरेर सम्मान व्यक्त गरेको छ । यतिखेर मुलुक संविधान कार्यान्वयनको दिशामा अघि बढेको छ । संविधानको व्यवहारिक कार्यान्वयन हुँदै जाँदा सबै समुदाय, वर्ग र जातिले अधिकारको उपभोग गर्दै जानेछन् ।

संविधान कार्यान्वयन गर्दै समृद्ध नेपाल सुखी नेपाली बनाउन सरकार योजनाबद्ध विकासमा अघि बढेको छ । समृद्ध नेपाल,सुखी नेपालीको लक्ष्य हासिल गर्न प्रदेश सरकार योजनाबद्ध विकासमा दृढ संकल्पित छ । त्यसका लागि हामीले समृद्ध प्रदेश खुसी जनताको अभियान अनुसार काम गरिरहेका छौं । समृद्ध प्रदेशका माध्यमवाट समृद्ध नेपाल निर्माण गर्ने महाअभियानमा यस प्रदेशका सबै राजनैतिक दल, समुदाय,संघ—संस्था र आम नागरिकमा हार्दिक अपील गर्दछु । अन्त्यमा, गुरुनानक जन्म जयन्तीको अवसरमा सबै शिख धर्माबलम्वीमा हार्दिक शुुभकामना व्यक्त गर्दछु ।

शंकर पोखरेल
मुख्यमन्त्री
मिति २०७६ कार्तिक २६