काठमाडाैं, ३ साउन । नेकपा एमालेको पोलिटब्युरो बैठकमा महेश बस्नेतले समसामयिक राजनीतिक बहस र विधानसँग सम्बन्धित विषयमा १३ बुँदे लिखित प्रस्ताव प्रस्तुत गर्नु भएकाे छ ।
शनिबारकाे बैठकमा उहाँले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय पार्टी राजनीतिमा पुन: संलग्नता, पार्टीमा नेतृत्व चयनको मापदण्ड, उमेर र कार्यकाल सीमा, वैकल्पिक नेतृत्वको नाममा हुने गुटबन्दी, र पार्टीभित्र देखिएको वैचारिक गम्भीरताको कमीप्रति टिप्पणी गर्दै संगठन सुदृढीकरणका लागि स्पष्ट सन्देश दिनुपर्ने बताउनुभएकाे छ ।
उहाँको प्रस्तावको पहिलो बुँदामा पूर्वराष्ट्रपतिले राष्ट्रको उच्च पदमा बसेको जिम्मेवारी बोकिसकेपछि सक्रिय पार्टी राजनीतिमा फर्कनु इथिकल र प्रक्रियागत दृष्टिले अनुचित भएको उल्लेख गर्छनुभयाे । यसले लोकतन्त्र र पार्टी भित्रको अन्तरिक जनवादसँग मेल नखाने दाबी बस्नतकाे छ ।
विद्यादेवी भण्डारीको सदस्यता नवीकरणका विषयमा केन्द्रीय कमिटीले मात्र निर्णय गर्नुपर्ने भन्दै लहडमा गरिने निर्णय अस्वीकार्य हुने उहाँकाे टिप्पणि छ । बस्नेतले पार्टीले विगतमा ७० वर्षको उमेर सीमा र दुई कार्यकालको मापदण्ड बनाएको स्मरण गराउँदै त्यसको औचित्य घटेको बताउनुभयाे। उमेर र कार्यकालको सन्दर्भमा बस्नेतले मुकुन्द न्यौपानेको नाम लिएर पद प्राप्त गर्दा चाहिने तर अवकाशको बेला त्याग्ने अवस्थालाई दोहोऱिन नदिन गर्नुभयाे ।
वैकल्पिक नेतृत्वको नाममा गुट बनाएर पार्टी कमजोर बनाउने खेल रोक्नुपर्ने उहाँकाे धारणा छ। सचिवालयमा बहुमतको दावी गरेर मनपरी निर्णय गराउँछु भन्ने, अनुकूल निर्णय नआएपछि सार्वजनिक रूपमा आलोचना गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने उहाँले बताउनुभयाे । ‘
अफू अनुकुल निर्णय नभएपछि अण्ट सण्ट बोल्ने काम बन्द गरौँ,सचिवालयको विधान संसोधन प्रस्ताव ल्याएको छ, पोलिटब्युरोले परिमार्जन गरेर सर्वसम्मत पास गरौँ’, उहाँले भन्नुभयाे ।
हाल मिडियामा आएका ७० वर्ष पार गरिसकेका नेताहरूको चर्चा गर्दै उहाँहरूलाई खुला प्रतिस्पर्धाको वातावरण दिनुपर्ने उहाँले बताउनुभयाे । त्यसका लागि केपी ओलीजस्तै बिशाल छाती आवश्यक रहेको उहाँकाे धारणा छ ।
बस्नेतले प्रचण्ड, शेखर कोइराला र विद्यादेवी भण्डारीबीच सत्ता समीकरण खोजी भइरहेको भन्दै चिन्ता व्यक्त गर्नुभयाे। अमरेश सिंहको भनाइ उद्धृत गर्दै उहाँले चीन भ्रमण, भेटघाट, र बाम एकताको नाममा पार्टीलाई कमजोर बनाउने प्रयास भइरहेको र यस्तो गतिविधिमा संलग्न कम्युनिष्ट विरोधी तत्वलाई पार्टीभित्र घुस्न दिन नहुने बताउनुभयाे ।
वर्तमान अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा आगामी कार्यकालमा पनि एमाले अघि बढ्नुपर्ने प्रस्ताव उहाँकाे छ । उहाँले ओलीको विकल्प तत्काल तयार नभएको र अबको महाधिवेशनसम्म पनि पार्टी एकतासँगै अघि बढ्नुपर्ने तर्क गर्नुभयाे ।
विधानसँग सम्बन्धित प्रस्तावमा बस्नेतले स्थायी कमिटीको संख्या २५ पुर्याउन, उपत्यका विशेष कमिटी गठन गर्न, प्रवासमा युवा, विद्यार्थी, मजदुर तथा महिला कमिटी विस्तार गर्न र तीव्र बसाइँसराइ भएका जिल्लामा सक्रिय सम्पर्क कमिटीहरू गठन गर्न सुझाव दिनुभयाे ।













प्रतिक्रिया दिनुहोस्