जनता टाइम्स

५ श्रावण २०८२, सोमबार ०६:४१

सिरहा कारागारमा झडप, १३ जना कैदी घाइते


काठमाडौँ, ५ साउन ।  सिरहा जिल्लाको सदरमुकामस्थित कारागारमा आइतबार दिउँसो कैदीबन्दीहरूबीच भएको झडपमा १३ जना घाइते भएका छन् ।

कारागार प्रशासनका अनुसार केही विषयमा विवाद चर्किएपछि कैदीहरूबीच झडप भएको थियो । प्रशासनले स्थिति नियन्त्रणमा लिन खोज्दा तनाव झनै बढेर झडपमा परिणत भएको बताइएको छ।

झडपमा कारागारका नाइके दीपक ठाकुर, मूलनाइके वरुण महतो, चौकीदार विजय महतोसहित १३ जना कैदी घाइते भएका छन् । घाइतेहरूको उपचारका लागि प्रदेशिक अस्पताल सिरहा पठाइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिएको छ ।

झडपको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । कारागारमा अहिले सुरक्षा व्यवस्था कडा पारिएको छ ।