जनता टाइम्स

२७ कार्तिक २०७६, बुधबार १४:४८

दाङका मतदाताका रोजाईमा बिमला वली, भन्छन–पश्चिम दाङको विकासका लागि नेकपालाई भोट हाल्छौं


दाङ, कात्तिक २७ । नेपाल कम्युनिस्ट पार्टी दाङले क्षेत्र नम्बर ३ प्रदेशसभा (ख) मा चुनावी अभियान तीव्र बनाएको छ । यसैक्रममा नेकपाले आज अहिलेसम्म बबई गाउँपालिकाको सुनपुर, झारगजेरी, चरकमटिया र खिलतपुरमा टोलसभा र घरदैलो गरेको छ ।

भोट माग्दै घरदैलोमा पुग्नुभएकी नेकपाका उमेदवार विमला वलीलाई मतदाताले मतदानगरी विजयी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । स्वर्गीय सांसद उत्तर वलीसँग आफुहरूले विकासको अपेक्षा गरेको र उहाँको निधन पश्चात् विमलाले उहाँको सपना पूरा गर्ने भन्दै यसपटक पनि नेकपालाई मतदान गर्ने बताए । ‘विकासका सारथी उत्तर वलीको निधन भएपछि पश्चिम दाङ अभिभावक बिहिन जस्तो भएको भन्दै मतदाता कृष्णबहादुर खत्रीले चुनाव जितेर उहाँका सपना पूरा गर्न उम्मेदवार वलीलाई आग्रह गर्नुभयो ।

उम्मेदवार वलीले श्रीमान् गुमाएपछि अब आफू पश्चिम दाङवासीको साथमा बस्न चाहेको बताउनुभयो । उहाँले आफुले चुनाव जितेमा स्वर्गीय पति सांसद उत्तर वलीले पूरा गर्न नपाएका विकासका काम पूरा गर्ने मतदाता समक्ष प्रतिबद्धता व्यक्त गर्नुभएको छ । घरदैलो अभियान अहिले पनि जारी छ ।