जनता टाइम्स

७ श्रावण २०८२, बुधबार १८:५५

कस्तो हुनुपर्छ पूर्वराष्ट्रपति विद्याको आगामी कदम ?


एमाले देशको प्रमुख पार्टी भएको नाताले, वर्तमान संविधानको प्रमुख निर्माता भएको कारणले, हाल सत्ताको साँचो लिइरहेको पार्टी भएको कारणले सम्मानको सगरमाथा चडेको व्यक्तिको गरिमा कायम राख्न एक पटक पार्टीको सबै ‘लुगा जुत्ता’ फुकालेर राष्ट्रपतीय परिधान लगाएको व्यक्तिलाई पुन फर्केर पुरानै लुगा जुत्ता लगाउ भन्न सक्दैनथ्यो । त्यही कारण एमाले लामो र सघन परामर्श र छलफलपछि पूर्व राष्ट्रपति सकृय राजनीतिमा फर्कन नसक्ने निष्कर्षमा पुग्यो ।

निर्मल भट्टराई

अङ्ग्रेजी साहित्यका आदिकवि जियोफ्रे चसरको प्रसिध्द कृति क्यानटरबरी टेल्जमा एउटा प्रसङ्ग छ। केही तीर्थयात्रीहरू बाटो कटनीको लागि हरेक बिहान एक प्रश्न झिक्छन् र दिनभरि त्यसको विभिन्न उत्तरहरूबारे बहस गर्दछन् । एकदिनको प्रश्न यस्तो थियो, ‘महिलाहरूलाई सबभन्दा मन पर्ने कुरा के हो ?’ मानिसहरूले दिनभरि विभिन्न उत्तर दिन्छन् र त्यसकोो सत्यताको लागि बहस गर्छन् । तर कसैको उत्तर पनि चित्त बुझ्दो हुँदैन। सूर्यास्त हुनै लाग्दा सोही यात्रामा सम्मिलित एक जेष्ठ महिलाले उत्तर दिन्छिन–‘टु रुल’ अर्थात ‘शासन गर्न’। सबैले त्यो उत्तर चित्त बुझाउछन र त्यो दिनको यात्रा सकिन्छ ।

यो पन्द्रौं शताब्दीमा लेखिएको कृतिको प्रशङ्ग हो । महिलाहरू पनि पुरूषसरह शासन सत्तामा पुग्छन् भन्ने कल्पना पनि नभएको बेला लेखिएको यो प्रशङ्ग उनीहरूलाई व्यङग्य गर्ने वा खिल्ली उडाउने प्रयोजनका लागि लेखिएको थियो । इतिहासका अध्येताहरूलाई थाहा छ, यतिबेला महिलाहरू राजनीतिक, सामाजिक र आर्थिक रूपले अधिकारविहीन थिए । संसार लामो समयसम्म पितृसत्तात्मक थियो र महिलाले पुरूषको समान होइन सहयोगीको रूपमा रहन वाध्य हुनुपर्यो । वीशौं शताब्दीको सुरूमा मात्र महिलाले मताधिकार पाएका थिए। त्यसको छ दशकपछि १९६० मा श्रीलङ्काकी श्रीमाओ बन्दरानायके संसारकै प्रथम प्रधानमन्त्री बन्न सफल भइन् । शासक बन्न सफल भइन।

कठोर पितृसत्तात्मक नेपालमा महिला समानता र देशको शासकीय र अन्य क्षेत्रमा महिला समावेशीकरणको आन्दोलनमा योगमाया, मङगलादेवी सिंह, साधना प्रधान, साहना प्रधान, अष्टलक्ष्मी शाक्य, विद्या भण्डारीहरूको ठूलो योगदान छ । उल्लिखित महिला आन्दोलनका हस्तीमध्ये विद्या भण्डारी दुई पटक राष्ट्र प्रमुख बन्न सफल हुनुभयो । नेपालको इतिहासमा प्रथम महिला राष्ट्रपतिको रूपमा आफ्नो नाम लेखाउन सफल हुनुभयो ।

नेकपा (एमाले) को उपाध्यक्षको पार्टी हेसियत भएको बेला जननेता मदन भण्डारीकी अर्धाङ्गिनी विद्या भण्डारीलाई एमालेले राष्ट्रपति बनाएको थियो । राष्ट्रपति राष्ट्रकै अभिभावक भएकोले, संविधानको रक्षक र परिपालक भएकोले, नेपाली सेनाको परमाधिपति भएर काम गर्नु पर्ने हुनाले सम्पूर्ण रूपमा पार्टीका ‘लुगा जुत्ता’ फुकाल्नु पर्ने व्यवस्थाका कारण उहाँले पार्टीको पदीय हैसियत र सदस्यता त्याग्नु भयो ।

त्यसअघि उहाँले दुइपटक मन्त्री भएर शासन गर्नुभयो, प्रधानमन्त्री बन्न नपाउँदै सर्बोच्च पद राष्ट्रपतिमा निर्वाचित हुनुभयो । यहाँसम्म सबै ठीक थियो । जतिबेला उहाँलाई पूर्व राष्ट्रपतिको हैसियतमा नेकपा (एमाले) ले ‘गणतन्त्र गौरव’ले सुशोभित गरेको थियो, एमालेको सम्पूर्ण पङ्क्ति हर्षविभोर भएको थियो, आल्लादित भएको थियो । बाइबलमा एउटा प्रशङ्ग छ, आदम र इभ फलैफलले लटरम्म स्वर्गको एउटा सुन्दर बगैंचामा विचरण गर्दथे । उनीहरूलाई एउटा कुरा निषिध्द थियो, ज्ञानको रूख ९ त्जभ त्चभभ या प्लयधभिमनभ० बाट फल टिपेर नखानू । शैतान आएर पटक(पटक इभलाई त्यो रूखको फल टिपेर खाए तिमी ईश्वरजस्तो हुन्छौ भनेर लोभ्याउन थाल्यो । इभ लोभिइन् र त्यो निषिध्द रूखबाट फल टिपेर खाइन् । आदमलाई पनि ख्वाइन् । लगत्तै उनीहरू श्रापित भएर पृथ्वीमा पतन भए।

एमालेको सुविचारित निष्कर्षले पूर्वराष्ट्रपतिहरूलाई मात्र होइन, पछि बन्ने राष्ट्रपतिलाई पनि एउटा राम्रो नजिर स्थापित गरेको छ । र, सम्मानको त्यो उचाइमा पुग्ने सबैलाई पुन: सत्ता र शक्तिको लागि खोंच र भङ्गालामा भौंतारिन हुन्न भन्ने सन्देश दिएको छ । विद्या भण्डारीको हकमा उहाँले आफूले पाएको सर्वोच्च सम्मानको दियो निभ्न दिनु हुने छैन र क्यान्टरबरी टेल्जको प्रशङ्गमा जस्तो हाँसो र व्यङ्ग्यको पात्र हुनुहुने छैन भन्ने अपेक्षा गर्न सकिन्छ।

विद्या भण्डारीसँगै दुई कार्यकाल उपराष्ट्रपति भएका नन्दकिशोर पुन ‘पासाङ’ माओवादीको सकृय राजनीतिमा फर्किएपछि त्यो घटनाले भण्डारीलाई शासनको सैतानी लालच बढाएको बुझ्न कठिन थिएन । त्यसमाथि विद्या भण्डारीले एमालेको नेतृत्व लिए चुड्कीका भरमा कम्युनिष्ट एकता हुने र्युमर फैलाइयो । त्यसले उहाँको शासक बन्ने हुटहुटी झन बढायो । अनि उहाँले ‘एमालेको अध्यक्ष हुन सक्रिय राजनीतिमा फर्किएको’ घोषणा गर्नु भयो ।

नेकपा (एमाले) देशको प्रमुख पार्टी भएको नाताले, वर्तमान संविधानको प्रमुख निर्माता भएको कारणले, हाल सत्ताको साँचो लिइरहेको पार्टी भएको कारणले सम्मानको सगरमाथा चडेको व्यक्तिको गरिमा कायम राख्न एक पटक पार्टीको सबै ‘लुगा जुत्ता’ फुकालेर राष्ट्रपतीय परिधान लगाएको व्यक्तिलाई पुन फर्केर पुरानै लुगा जुत्ता लगाउ भन्न सक्दैनथ्यो । त्यही कारण एमाले लामो र सघन परामर्श र छलफलपछि पूर्व राष्ट्रपति सकृय राजनीतिमा फर्कन नसक्ने निष्कर्षमा पुग्यो ।

एमालेको सुविचारित निष्कर्षले पूर्वराष्ट्रपतिहरूलाई मात्र होइन, पछि बन्ने राष्ट्रपतिलाई पनि एउटा राम्रो नजिर स्थापित गरेको छ । र, सम्मानको त्यो उचाइमा पुग्ने सबैलाई पुन: सत्ता र शक्तिको लागि खोंच र भङ्गालामा भौंतारिन हुन्न भन्ने सन्देश दिएको छ । विद्या भण्डारीको हकमा उहाँले आफूले पाएको सर्वोच्च सम्मानको दियो निभ्न दिनु हुने छैन र क्यान्टरबरी टेल्जको प्रशङ्गमा जस्तो हाँसो र व्यङ्ग्यको पात्र हुनुहुने छैन भन्ने अपेक्षा गर्न सकिन्छ।