जनता टाइम्स

७ श्रावण २०८२, बुधबार २१:२५

खाँडादेवी मन्दिर परिसरमा वृक्षरोपण 


रामेछाप, ७ साउन । बीपी स्मृति दिवसको अवसरमा रामेछाप जिल्लाको ऐतिहासिक धार्मिक स्थल खाँडादेवी मन्दिर परिसरमा वृक्षारोपण गरिएकाे छ ।

खाँडादेवी विकास कोषका अध्यक्ष शेरबहादुर तामाङका अनुसार कार्यक्रममा पूर्वराज्यमन्त्री  एवं संघीय सांसद पूर्णबहादुर तामाङ (कान्छाराम), जिल्ला समन्वय समिति रामेछापकी प्रमुख चीना खड्का कार्की, रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपाने, जिल्ला स्तरका नेताहरू,  वडाध्यक्षको समेत उपस्थिति रहेको थियाे ।

बीपी कोइरालाको स्मृतिमा गरिएको वृक्षारोपण कार्यक्रममार्फत वातावरण संरक्षण, धार्मिक स्थलको सौन्दर्य अभिवृद्धि तथा बीपीको विचारलाई व्यवहारमा उतार्ने सन्देश दिन खोजिएको अध्यक्ष तामाङले बताउनु भयाे । कार्यक्रम सफल पार्नमा सहयोग गर्ने सबैलाई खाँडादेवी विकास कोषले धन्यवाद व्यक्त गरेको छ।