काठमाडौं, साउन ९ । नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा सांसल गोकुल बाँस्कोटाले मन्त्रीहरू र उनीहरूको संयन्त्रले काम नगरेको भन्दै असन्तुष्टि पोख्नुभएको छ ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा बाँस्कोटाले दुईतिहाइ भनेर मात्रै नहुने प्रस्ट पार्दै कागजी रिपोर्टको साटो काम हुनुपर्ने बताउनु भयो। काभ्रे र सिन्धुपाल्चोकको सीमामा १४ करोड लागतमा चार वर्षअघि ठेक्का लागेको पुलको काम नभएकोमा उहाँले यस्तो टिप्पणी गर्नुभएको हो ।
‘ह्वांग दुईवटा पिल्लर उठ्या छ, एउटा फक्ल्याँटो हाल्या छ। बाँकी यतापट्टि बनाएको छैन। १० चोटी भनिसकियो, कान खुल्दैन किन ? दुईतिहाइ भनेर मात्रै भएन, कागजको रिपोर्ट मात्रै दिएर भएन, काम हुनुपर्यो,’ बाँस्कोटाले भन्नुभयो । काभ्रेकै चाखोलाको पुलको अवस्था पनि उस्तै रहेको भन्दै उहाँले नक्कली रिपोर्ट बनाउने खेलबाट मन्त्रीहरू मुक्त हुनुपर्ने बताउनु भयो। ‘कामचाहिँ केही पनि गरेको छैन, के रिपोर्ट आउँछ ? यस खालका विकास प्रक्रियाहरूबाट, नक्कली रिपोर्ट बनाउने कामबाट मन्त्रीहरू मुक्त बनून,’ बाँस्कोटाले भन्नुभयो ।













प्रतिक्रिया दिनुहोस्